आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

२३, फाल्गुण २०७८
  • 4.2K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो

    हिजो आइतवार सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९३ विन्दुमा पुगेको छ ।

    images

    आज बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । जीवन बीमा, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

    आज दुई सय ३० वटा कम्पनीका ५३ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर झन्डै ६ प्रतिशत र बोटलर्स नेपालको शेयर साढे पाँच प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पाँचथर पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २३, २०७८ सोमवार - १६:२४:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology