आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ खुला

ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ खुला

नागरिक पाटी

८, चैत्र २०७८
  • 5.9K
    SHARES
  • ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ खुला

    ग्रीन भेञ्चर्स लिमिटेडले आईपीओ खुला गरेको छ । आईपीओमा आउँदो शुक्रवारसम्म आवेदन दिन सकिनेछ । ११ गतेसम्म सबै सेयर बिक्री नभएमा आउँदो २२ गतेसम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिशेयर एक सय अङ्कित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

    images

    निष्काशन गरिएको शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार सात ५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

    नागरिकले बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले ओखलढुङ्गामा लिखु–४ जलविद्युत् आयोजना ९५२ दशमलव ४ मेगावाट० को निर्माण कार्य २०७८ पुस ३० गते सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - १२:२५:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology