धुनिवेशी नगरपालिकामा मतगणना जारी छ । पछिल्लो ६ वटा वडाको मतगणना हुँदा मेयरमा गठबन्धनका बालकृष्ण आचार्य २ हजार ४ सय २८ मत सहित अगाडी छन् । उनले ५ हजार ९ सय ७३ मत ल्याएका छन् भने एमालेका रामराजा पाण्डेले ३ हजार ५ सय ४५ मत ल्याएका छन् ।
यस्तै निर्वाचन आयोगको तथ्याङ्क अनुसार उपमेयरका लागि गठबन्धनका सुरज उप्रेतीले ५ हजार २ सय ४७ मत ल्याएका छन् भने एमालेका मन्दिरा श्रेष्ठले ३ हजार ७ सय ४२ मत ल्याएकी छिन् । सो अनुसार उपमेयरमा १ हजार ५ सय ५ मतको मतान्तर रहेको छ ।
यस्तै मेयरमा राप्रपाका केशव धिताललाई ३९९, मँगोल नेशनल अर्गनाईजेशनका सुनिल तामाङलाई २७, स्वतन्त्र तर्फ गणेश रेग्मीलाई १४६, रामशरण उप्रेतीलाई ८, गणेश प्रसाद पाठकलाई १ र रामचन्द्र आचार्यलाई १ मत र सन्तोष रानालाई कुनै मत प्राप्त नभएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै आयोगका अनुसार उपमेयरमा राप्रपाका विना अधिकारीलाई २९२, मँगोल नेशनल अर्गनाईजेशनका कोपिला तामाङलाई २५, स्वतन्त्र तर्फ नवराज भारतीलाई ४, प्रमोद गिरिलाई ३, दिपक ठकुरीलाई २ र राममाया लामा र दिलिप पाठकलाई कुनै मत प्राप्त भएको छैन ।
जारी मतगणना अनुसार गठबन्धनको तर्फबाट वडा नम्बर १ मा मान बहादुर तामाङ, वडा नम्बर २ मा लक्षजित तामाङ, वडा नम्बर ३ मा प्रकाश हमाल, वडा नम्बर ४ मा हरि सुवेदी, वडा नम्बर ६ मा रमेश आचार्य र वडा नम्बर ५ मा स्वतन्त्रबाट विशाल भट्टराई निर्वाचित भईसकेका छन् । अहिले वडा नम्बर ७, ८ र ९ को मतगणना भईरहेको छ ।
यो पनि हेर्नुहोस् ।
धुनिवेशी ६ को वडा अध्यक्षमा गठबन्धनको तर्फबाट रमेश आचार्य विजयी
धुनिवेशी नगरपालिका ५ मा स्वतन्त्रबाट वडा अध्यक्षमा विशाल भट्टराई निर्वाचित
धुनिवेशी ४ मा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी विजयी
धुनिवेशी ३ मा गठबन्धनको तर्फबाट प्रकाश हमालको प्यानल विजयी
धुनिवेशी २ मा एकिकृत समाजवादीका उम्मेदवार लक्ष्यजित तामाङ निर्वाचित
धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी