आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्से दोहोरो अङ्कले घट्यो

नेप्से दोहोरो अङ्कले घट्यो

नागरिक पाटी

६, जेठ २०७९
  • 5.1K
    SHARES
  • नेप्से दोहोरो अङ्कले घट्यो

    पहिलो पटक शुक्रवार खुलेको शेयर बजार १५ अङ्कभन्दा धेरैले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय ३५ दशमलव ९ विन्दुमा झरेको छ ।

    images

    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, अन्य, विकास बैंक, उत्पादन समूहको शेयर धेरै अङ्कले ओरोलो लागेको छ ।

    आज कारोबार रकम पनि घटेको छ । दुई सय २३ कम्पनीका २५ लाख २४ हजार कित्ता शेयर ९३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली पावर लिमिटेडको तीन करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समुदायिक लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स र लक्ष्मी लघुवित्तको शेयर दुई प्रतिशतभन्दा धेरैले बढेको छ ।

    गएको वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतवार गरी हप्तामा दुई दिने बिदा निर्णय गरेपछि शेयर बजार पनि सोमवारदेखि शुक्रवारसम्म खुल्ने भएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७९ शुक्रवार - १८:०२:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology