आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

नागरिक पाटी

४, आषाढ २०७९
  • 4.9K
    SHARES
  • बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

    बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) असार ३ गते शुक्रबार बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा भएको हो । 

    images

    कम्पनीको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट १ लाख ३६ हजार ५०० जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको हो । कम्पनीले जेठ २० गते शुक्रबारदेखि २५ गतेसम्म प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता बिक्रीमा ल्याएको थियो । जारी सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईलाई बाँडफाँड गरी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।

    आईपीओमा आवेदन दिएकामध्ये १७ लाख ८९ हजार १५७ जना आवेदकबाट २ अर्ब १ करोड ३९ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड १ लाख ३९ हजार १९० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको सेयर संख्या १३ लाख ६५ हजार कित्ताको १४.७८ गुणा हो ।

    आईपीओ परेको २ हजार ४८४ जनाबाट परेको २८ हजार ९३० कित्ता सेयर रद्द गरिएको छ । यस्तै स्थानीय बासिन्दाबाट दोहोरो आवेदन परेको २५४ वटा आवेदन मार्फत परेको ३ हजार ६१० कित्ता सेयरको आवेदन पनि रद्द भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०४:५०:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology