आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेप्से ९५ अङ्कले बढ्यो

नेप्से ९५ अङ्कले बढ्यो

नागरिक पाटी

१२, आषाढ २०७९
  • 4.3K
    SHARES
  • नेप्से ९५ अङ्कले बढ्यो

    हप्ताको पहिलो दिन शेयर बजार झन्डै ९५ अङ्कले बढेर हरियाली देखिएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ९४ दशमलव ९२ अङ्कले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक, बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । लामो समयपछि आज कारोबार रकम पनि दुई अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । दुई सय ३० वटा कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १९ करोड ६१ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंक, हिमालयन डिष्टीलरी र ङादी ग्रुप पावर कम्पनीको आठ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो ।

    आज २३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज पाँच वटा म्युचल फन्ड कम्पनीको शेयर मात्रै सामान्य घटेको छ । बाँकी दुई सय २५ वटा कम्पनीको शेयर बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७९ आइतवार - १९:०३:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology