आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मौद्रिक नीतिले आन्तरिक उत्पादनमा जोड दिने

मौद्रिक नीतिले आन्तरिक उत्पादनमा जोड दिने

नागरिक पाटी

२२, आषाढ २०७९
  • 5.1K
    SHARES
  • मौद्रिक नीतिले आन्तरिक उत्पादनमा जोड दिने

    नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन बढाउने मौद्रिक नीति ल्याउने तयारी गर्दौगर्दा निजी क्षेत्रले भने आयात प्रतिबन्ध होइन, व्यवस्थापन गर्न माग गरेको छ ।

    images

    मंगलबार नेपाल व्यवस्थापन संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले आन्तरिक उत्पादन वृद्धिमा जोड दिने बताए ।

    आन्तरिक उत्पादन बढाउने गरी नीति आउने भन्दै उनले विदेशी मुद्रालाई उत्पादनमूलक क्षेत्रमा नलगाउने हो भने आयातमा नै भर पर्नुपर्ने अवस्था आउने पनि बताए । हाल आयातमा उच्च वृद्धि हुँदा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ ।

    गभर्नर अधिकारीले ब्याजदरको घटबढ हुनेतर्फ संकेत गर्दै कुनै क्षेत्रलाई ब्याज बढी पर्न सक्ने भन्दै सो अवस्थामा सहनुको विकल्प नरहेको पनि बताए ।

    यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:३१:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology