आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार दोहोरो अङ्कले बढ्यो

नागरिक पाटी

३०, आषाढ २०७९
  • 4.8K
    SHARES
  • शेयर बजार दोहोरो अङ्कले बढ्यो

    लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ७१ अङ्कले बढेर २ हजार १ दशमलव ५३ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर सामान्य बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । एक सय २० वटा कम्पनीका ६२ लाख १० हजार कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज नबिल प्रगति फन्डको शेयर १० प्रतिशतले तथा माथिल्लो तामाकोशी जलविद्युत् र प्रभु सेलेक्ट फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - १८:४०:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology