आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लगातार बढ्यो शेयर बजार, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

लगातार बढ्यो शेयर बजार, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

नागरिक पाटी

३, श्रावण २०७९
  • 4.9K
    SHARES
  • लगातार बढ्यो शेयर बजार, २ अर्ब २९ करोड रुपैयाँको कारोबार

    लगातार सातौँ दिन आज पनि शेयर बजार बढेको छ । असारको २८ गतेयता सात दिन कारोबार भएकोमा सात दिन नै शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १६ दशमलव २० अङ्कले बढेर दुई हजार ४५ दशमलव ६३ विन्दुमा पुगेको छ । कारोबार भएका सबै समूहको शेयर सामान्य बढेको छ ।

    images

    आज दुई सय १३ वटा कम्पनीका ५७ लाख १३ हजार कित्ता शेयर दुई अर्ब २९ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ९७ लाख र एभरेस्ट बैंक लिमिटेडको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज इमर्जिङ नेपालको शेयर आठ र गणपति लघुवित्तको शेयर सात प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि म्युचल फण्ड समूहका धेरै कम्पनीको भाउ घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १६:१२:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology