आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार झन्डै ६ अङ्कले घट्यो

शेयर बजार झन्डै ६ अङ्कले घट्यो

नागरिक पाटी

५, श्रावण २०७९
  • 4.0K
    SHARES
  • शेयर बजार झन्डै ६ अङ्कले घट्यो

    पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ ।

    images

    आज बैंकिङ र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय २५ वटा कम्पनीका ३९ लाख आठ हजार कित्ता शेयर एक अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज किसान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्सको शेयर भने तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १५:५१:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology