आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

"रातो सारी लाउने हो"

"रातो सारी लाउने हो"

नागरिक पाटी

११, श्रावण २०७९
  • 8.2K
    SHARES
  • "रातो सारी लाउने हो"

    अमेरिकामा बस्दै आएकी गायिका मञ्जु रसाईलीले अमेरिकाबाटै आफ्नो स्वरमा यो वर्षको तीजका लागि नयाँ तीज भाका रातो सारी लाउने हो।।।को भिडियो दर्शकमाझ ल्याएकी छिन् । यो गीतलाई उनले अमेरिकामै रेकर्ड गरेकी हुन् । यो तीज गीतमा मन्जुलाई पवि खड्का र शशी केसीले स्वरमा साथ दिएका छन् । जसमा समुन कार्कीको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

    images

    यो गीतको भिडियो मँगलबार सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । गायिका मञ्जुले आफ्नो स्वरमा अमेरिकामा रेकर्ड गरेको यो गीतको मिक्सिङ नेपालमा गरिएको हो । यसपटकको तिजलाई लक्षित गरेर आफुले यो तीजभाका बजारमा ल्याएका मञ्जुले बताएकी छिन् ।
    यो गीतको भिडियो पनि अमेरिकाबाटै तयार गरिएको हो । लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक सुमन दाहालले त्यहाँको ल्याक्सिनटन शहरमा यो गीतको भिडियो तयार गरेका हुन् । अमेरिकाका विभिन्न शहरमा बस्दै आएका दुई दर्जन नेपाली महिलाहरुले यो गीतमा नृत्य गरेका छन् । जसमा बारुनी पाण्डे, सन्ध्या उप्रेती, आकृति खड्का, विभू सापकोटा सहित विभिन्न महिला कलाकारहरुको नृत्य रहेको छ ।

    निर्देशक दाहालका अनुसार यो भिडियोमा ल्याक्सिनटनबासी मात्र नभएर त्यहाँका विभिन्न राज्यबाट नेपाली महिलाहरु नाचेका छन् । शुशी केसी, नर्वदा खरेल, पार्वती बस्नेत, हिमा आचार्य, आशा जोशी, कल्पना केसी, ज्ञानु सापकोटा, पूजा साउद, रेखा राउत, सुस्मिता पौडेल, देवी दियाली, कमला कुवँर, भुमीनन्द रावत, गीता बिक, नविना खनाल, कुसुम गुरूङ, रूपा अर्याल, लीला भुर्तेल, लक्ष्मी भुसाल, दुर्गा कंडेल, प्रितम गोदार बोगटी, सपना क्षेत्रीको पनि भिडियोमा नृत्य रहेको छ ।

    निर्देशक दाहालले भने, ‘हामीले यो गीतको रेकर्डिङ तथा भिडियो निर्माण अमेरिकामै गरेका हौं । तीज गीतमा सबैले रमाईलो गर्नु पर्छ भनेर विभिन्न शहरबाट यहाँ आएर नेपाली चेलीबेटीहरु नृत्यमा सहभागी हुनु भएको छ ।’ सुरेश राउतको सम्पादन रहेको यो तीज गीतको भिडियोमा अक्की शर्माको कोरियोग्राफी रहेको छ । गीतको सम्बादमा अभिनेत्री रोशनी केसी, कलाकार गोपाल ढकाल छन्दे र गायिका सफलता श्रेष्ठले स्वराँकन गरेका छन् । शान दियाली र रञ्जिता रसाईलीले भिडियो निर्माण गरेका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - १७:०७:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology