आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पत्रपत्रिकाबाट

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

नागरिक पाटी

२०, श्रावण २०७९
  • 5.9K
    SHARES
  • दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

    सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयातका लागि व्यवसायीलाई अनुमति दिने तयारी भइरहेको जनाएको छ।

    images

    दशैं, तिहार छठ जस्ता आसन्न चाडबाडमा चिनी र मैदा, पीठोजस्ता आत्यवश्यकीय वस्तुको अभाव नहोस् भनेर कूटनीतिक संवाद गरी आयात गर्न लागिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालका लागि भने लागू नहुने जनाउँदै आएको छ। तर, व्यवसायीले पहिले जसरी आयात गर्न नपाएको गुनासो गर्दै आएका छन् ।

    भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्ममा भारतबाट करिव दुई लाख टन गहुँ आयात भएको थियो । तर, जेठदेखि आयात ठप्प छ। रुस र युक्रेनबीच युद्ध बढेसँगै संसारभर खाद्य संकट सुरु हुने चर्चाबीच भारतले वैशाख अन्तिम सातादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। यो समाचार कारोबार दैनिकमा छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०७:५९:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology