आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘हिजो आजका कुरा’ को दोश्रो गीतमा कलाकारको भीड

‘हिजो आजका कुरा’ को दोश्रो गीतमा कलाकारको भीड

नागरिक पाटी

१७, भाद्र २०७९
  • 6.2K
    SHARES
  • ‘हिजो आजका कुरा’ को दोश्रो गीतमा कलाकारको भीड

    बरिष्ठ अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश ‘परदेश’ बोलको गीत शुक्रबार सार्वजनीक गरिएको छ । असोज २८ गते प्रदर्शन हुने चलचित्रको निर्देशन साकार पन्तले गरेका हुन् ।

    images

    चलचित्रको पहिलो गीत ‘ए जदौ माया जदौं’ अत्यन्तै हिट भएको थियो । सो गीत युट्युवमा अहिलेसम्म २ करोड ५८ लाख बढी पटक हेरिसकिएको छ । कोरोना महामारीका कारण पूर्वघोषित ०७७ बैशाख १२ मा प्रदर्शन स्थगीत गरिएको चलचित्र अब भने दशै तिहारको बीचमा दर्शकमाझ ल्याउन लागीएको हो । सार्वजनीक दोश्रो गीतको शब्द एक्तारे र साकार पन्तले कोरेका हुन् भने स्वर र संगीत हर्कुलस बस्नेतको छ । बिरही भावको गीतको भिडियोमा सन्तोष पन्त, रमा थपलीया,साकार पन्त,ऋचा शर्मा,रिमा बिश्वकर्मा,केकी अधिकारी,लक्ष्मी भुसाल,रबि डंगोल,मन्जु श्रेष्ठ,दिब्यदेवलगायतका कलाकारहरु समेटिएका छन् ।

    पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

    बिके फिल्मस् र एफडिले बितरण गर्ने फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन । डेढ दशक बढी नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकको मनमा बस्न सफल टेलिश्रृंखला ‘हिजो आजका कुरा’ कै टिमले निर्माण गरेको ‘हिजो आजका कुरा–द मुभी’ लाई यो बर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - २१:४४:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology