आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार १९ सय १२ विन्दुमा

शेयर बजार १९ सय १२ विन्दुमा

नागरिक पाटी

२७, भाद्र २०७९
  • 3.2K
    SHARES
  • शेयर बजार १९ सय १२ विन्दुमा

    शेयर बजार आज सोमवार पनि घटेर राताम्मे भएको छ । लगातार आज छैटौँ दिन पनि बजार घटेको हो । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५९ अङ्कले घटेर एक हजार नौ सय १२ दशमलव ६९ अङ्कमा झरेको छ ।

    images

    आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    नेप्से घटेको दिन दुई सय २२ वटा कम्पनीको २६ लाख १३ हजार कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको चार करोड सात लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर पाँच प्रतिशतभन्दा धेरै घटेको छ । समग्र बजार घटे पनि आज युनाइटेड मर्दी हाइड्रोपावरको शेयर चार प्रतिशतभन्दा धेरै बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७९ सोमवार - १७:४९:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology