आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजारमा हरियाली

शेयर बजारमा हरियाली

नागरिक पाटी

२९, भाद्र २०७९
  • 3.5K
    SHARES
  • शेयर बजारमा हरियाली

    शेयरबजार आज पनि बढेको छ । हिजो २१ अंकले बढेको शेयरबजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको छ ।

    images

    सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ । दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको ६ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर १० प्रतिशतले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - १६:५७:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology