आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार दोहोरो अङ्कले घट्यो, १ अर्ब ६० करोडको कारोबार

शेयर बजार दोहोरो अङ्कले घट्यो, १ अर्ब ६० करोडको कारोबार

नागरिक पाटी

२, आश्विन २०७९
  • 4.0K
    SHARES
  • शेयर बजार दोहोरो अङ्कले घट्यो,  १  अर्ब ६० करोडको कारोबार

    शेयर बजार आज झन्डै ३४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ९७ अङ्कले घटेर एक हजार आठ सय ७६ दशमलव ४१ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन, जलविद्युत्, व्यापार, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    नेप्से परिसूचक घटेको दिन दुई सय २९ वटा कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर एक अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी विकास बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    आज बलेफी हाइड्रोपावरको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत योजना १ को शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०७९ आइतवार - १७:३५:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology