दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच टिजरसार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा अभिनेता दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत देखिएका छन् । टिजरमा दयाहाङ र सुरक्षाको आफ्नै घर किन्ने चाहनादेखि विपिनको घर लुकाएको प्रसंग समेटिएको छ ।
४ कात्तिकबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा दयाहाङ, विपिन, सुरक्षा, र वर्षाको अलवा रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोसिस क्षेत्री बालकलाकार आयुशी ढकालको समेत अभिनय छ ।
काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथामा निर्माण भएको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन् ।