आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘हिजो आजका कुरा’ को ‘तिमी पहिले’ सार्वजनीक

‘हिजो आजका कुरा’ को ‘तिमी पहिले’ सार्वजनीक

नागरिक पाटी

१, कार्तिक २०७९
  • 4.0K
    SHARES
  • ‘हिजो आजका कुरा’ को ‘तिमी पहिले’ सार्वजनीक

    गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ मंगलबार सार्वजनीक गरिएको छ । दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको फिल्मको यो गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिब्यदेव फिचर छन् । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर अनि हर्कुलसकै शब्द,संगीत छ ।

    images

    साकार पन्त निर्देशीत फिल्मको यो गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो । रबि सायमिले खिचेको गीतको कलर र सम्पादन बिनय कंसाकारले गरेका हुन् । नेपाली युवाको बिदेश मोह, सन्तान बिदेशीनाले बृद्धबृद्धाले भोग्नु परेको एक्लोपन,बैबाहीक जीवनका असमझादारी,पुनर्विबाहलगायतका थुप्रै ब्याबहारिक बिषयहरुलाई प्रस्तुत गरिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

    पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

    फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०७९ मंगलवार - १८:०२:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology