आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

दोहोरो अंकले बढ्यो शेयर बजार

दोहोरो अंकले बढ्यो शेयर बजार

नागरिक पाटी

६, कार्तिक २०७९
  • 4.3K
    SHARES
  • दोहोरो अंकले बढ्यो शेयर बजार

    शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ । आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ ।

    images

    आज होटल तथा पर्यटन र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ ।

    दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता शेयर ५१ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सिटिजन म्यूचुअल फण्ड टू को शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ६, २०७९ आइतवार - १७:१३:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology