आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मोलुङ हाइड्रोपावरले ३५ करोडको आइपीओ ल्याउँदै

मोलुङ हाइड्रोपावरले ३५ करोडको आइपीओ ल्याउँदै

नागरिक पाटी

२१, मंसिर २०७९
  • 3.2K
    SHARES
  • मोलुङ हाइड्रोपावरले ३५ करोडको आइपीओ ल्याउँदै

    मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई मंसिर १५ गते जारी पुँजीको ४४ प्रतिशत आइपीओ निष्कासन गर्ने स्वीकृति प्रदान गरेको हो। बोर्डबाट अन्तिम स्वीकृति पाएको कम्पनीले अबको केही समयमानै ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्ने छ।

    images

    कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० का दरले आइपीओ जारी गर्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। यो सँगै चालु आर्थिक वर्षको यो अवधी सम्म आइपीओका लागि १२ कम्पनीले स्वीकृति पाएका छन्। यी कम्पनीहरुले २ अर्ब ४५ करोड बराबरको आइपीओ जारी गर्ने स्वीकृति बोर्डबाट पाएका हुन्।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७९ बुधवार - १६:०३:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology