आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा

‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा

नागरिक पाटी

२२, पौष २०७९
  • 3.6K
    SHARES
  • ‘गुञ्जन’ मन नपरे पैसा फिर्ता दिने निर्माताको घोषणा

    फिल्म ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहिबार राजधानीमा आयोजित फिल्मको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका हुन् । कार्यक्रममा उनले फिल्म एकदमै राम्रो बनेको समेत दाबी गरे । ‘‘गुञ्जन’ प्रेमकथामा बनेको फिल्म हो । फिल्म एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउछन्’ शाहीले भने, ‘फिल्म हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउछ ।’ शाहीले पैसा फिर्ताका लागि टिकटको कपी सहित आफुलाई सम्पर्क गर्न सक्ने समेत सुनाए ।

    images

    कार्यक्रममा फिल्मको नयाँ ट्रेलर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ । ट्रेलर हेर्दा फिल्म राम्रो बनेको बनेको अनुमान लगाउन सकिन्छ । २ मिनेट ४६ सेकेन्डको ट्रेलर दर्शक लोभ्याउन सफल देखिन्छ ।

    आगामी २९ गतेबाट प्रदर्शनमा आउँने फिल्म प्रेमकथामा बनेको हो । फिल्मलाई अष्ट महर्जनको निर्देशन गरेका हुन् । सारा र प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।

    विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । कार्यक्रममा निर्देशक अष्ट महर्जनले फिल्म निर्माणमा आफुले कुनै कसुर बाँकी नराखेको बताए । ‘मैले फिल्म क्षेत्रमा सिकेको सबै अनुभव फिल्ममा खन्याएको छु’ निर्देशक महर्जनले भने । आफु लामो समयदेखि फिलम क्षेत्रमा एक्सन बिधामा कार्यरत भएपनि निर्देशनको सुरुवात प्रेमबाट गर्न प्रेमकथाको फिल्म बनाएको बताए ।

    डेब्यु हिरो प्रितमराजले फिल्मको कथा राम्रो भएकोले आफुले डेब्यु गरेको बताए । उनले फिल्मबाट आफु स्थापित हुने विस्वास ब्यक्त गरे । त्यस्तै अर्का अभिनेता करिब खड्काले पनि पिःलम राम्रो बनेको बताए । उनले प्रेमकथा फिल्म बनेपनि सबै खालका दर्शकका लागि फिल्म उपयुक्त रहेको धारणा राखे । कार्यक्रममा अभिनेत्री सारा सिर्पालीका भने उपस्थिती थिएन । सारा अहिले दुवईमा भएकोले कार्यक्रममा उपस्थित हुन नसकेको निर्माण युनिटले जानकारी दियो ।

    हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - १६:३६:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology