आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर बजार २१.३५ अंकले घट्यो, ७ अर्ब ६५ करोडको करोबार

सेयर बजार २१.३५ अंकले घट्यो, ७ अर्ब ६५ करोडको करोबार

नागरिक पाटी

२६, पौष २०७९
  • 4.6K
    SHARES
  • सेयर बजार २१.३५ अंकले घट्यो, ७ अर्ब ६५ करोडको करोबार

    साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक २१.३५ अंकले घटेर २१९०.४२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७५ अङ्कले घटेर ४१९.१६ बिन्दुमा पुगेको छ।

    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६५ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा न्यादी ग्रुप पावर कम्पनी अग्रिम स्थानमा छ। यसको आज २१ करोड २१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा अपी पावर र रिडी पावर कम्पनीको कारोबार भएको छ।

    मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचकबाहेक सबै उपसुचकमा हरियाली छाएको छ। आजको कारोबारमा बाराही हाइड्रोपावर र सिङ्गति हाइड्रो इनर्जीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, तारागाउँ होटल्स र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

    images
    images
    images
    प्रकाशित मिति :पौष २६, २०७९ मंगलवार - १६:२३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology