आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिबेशी नगर सहकारी संघको दास्रो वार्षिक साधारण सभा सम्पन्न

धुनिबेशी नगर सहकारी संघको दास्रो वार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

३०, पौष २०७९
  • 6.4K
    SHARES
  • धुनिबेशी नगर सहकारी संघको दास्रो वार्षिक साधारण सभा सम्पन्न

    धुनिबेशी नगर सहकारी संघको दास्रो वार्षिक साधारण सभा आज शनिबार सम्पन्न भएको छ ।

    images

    धुनिबेशी नगरपालिका वडा नम्बर ६ को धार्केमा रहेको नवज्योति बचत तथा ऋण सहकारी संस्था लिको सभाहलमा धुनिबेशी नगर सहकारी सघंले एक कार्यक्रममा विचमा आफ्नो सधारण सभा मनाएको हो।

    IMG_0057.JPG

    धादिङको धुनिबेशी नगरपालिका क्षेत्र भित्र स्थापना भएका विभिन्न सहकारी संस्थाको समुन्वयमा २०७८ साल मंसिरमा धुनिबेशी नगर सहकारीको स्थापना भएको हो । नगरपालिकाको सेवा क्षेत्र भित्र विभिन्न सहकारीमा १५ हजार भन्दा बढी नागरीक आबद्ध रहेको धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेब बास्कोटाले बताए।

    नगर सहकारी संघमा ११ वटा शेयर सदस्य सहकारी आबद्ध रहेका छन । संघले सहकारी संस्थाहरुलाई सहकारी विचको छलफल,संस्थाको वितिय विवरण र विश्लेषणमा सहयोग गर्दै आएको सहकारी संघले बताएको छ ।

    धुनिबेशी नगर सहकारी संघ अध्यक्ष बासुदेब बास्कोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य,जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य, सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :पौष ३०, २०७९ शनिवार - १९:०८:५१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology