आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आर्थिक वर्षको आधा समयमा विकास निर्माण खर्च १५ प्रतिशत मात्र

आर्थिक वर्षको आधा समयमा विकास निर्माण खर्च १५ प्रतिशत मात्र

नागरिक पाटी

११, माघ २०७९
  • 4.0K
    SHARES
  • आर्थिक वर्षको आधा समयमा विकास निर्माण खर्च १५ प्रतिशत मात्र

    काठमाडौं । सरकारले आर्थिक वर्षको आधा समय गुज्रिसक्दासमेत १५ प्रतिशत मात्र विकास खर्च गरेको पाइएको छ । चालू अर्थात् प्रशासनिक खर्चमा अपेक्षाकृत शतप्रतिशतको हाराहारीमा खर्च भए पनि विकास निर्माणतर्फको खर्च भने १५ प्रतिशत हाराहारी छ ।

    images

    भौतिक पूर्वाधार तथा विकास निर्माणप्रति सरकारी ढिलासुस्ती, बेवास्ता र कतिपय झन्झटिलो नीतिगत व्यवस्थाका कारण भौतिक पूर्वाधार तथा विकास निर्माणतर्फको अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको हो ।

    त्यसो त, सरकारले यसपटक मात्रै यति न्यून विकास खर्च गरेको भने होइन । २० वर्षयता नियमित खर्चतर्फ समग्र बजेटको ९० प्रतिशत हाराहारी बजेट कार्यान्वयन हुने गरेको छ भने विकास निर्माणतर्फ अपेक्षाकृत खर्च हुन सकेको छैन ।

    आर्थिक वर्ष अन्तिमसम्म विकास खर्चतर्फ ४०/४५ प्रतिशत हुने गरेकामा अन्तिम महिनामा मात्र एकैचोटी बढाएर ६०/७० प्रतिशत खर्च हुने परिपाटी लामो समयदेखि चल्दै आएको छ ।

    सरकारले विकास खर्च कार्यान्वयनका लागि नै संविधानमा ‘१५ जेठ’का लागि भनेर मिति नै तोकेर बजेट सार्वजनिक गर्न थालेको छ । दिन नै तोकेर बजेट ल्याउँदासमेत सरकारी कार्यशैलीका कारण विकास निर्माणतर्फको बजेट कार्यान्वयन हुन सकेको छैन ।

    योजना र अध्ययनबिनै परियोजना छनोट गरिनुले पनि विकास निर्माणतर्फको खर्च हुन नसकेको विज्ञ बताउँछन् । परियोजना पहिचानमै समय गुज्रिने र ठेक्का स्वीकृति, मुआब्जा, कार्यक्षेत्र व्यवस्थापन तथा स्रोत सुनिश्चिततामै समय खेर जाने गरेको विज्ञको दाबी छ । यो समाचार राजधानी दैनिकमा छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - ०८:४६:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology