शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चलचित्र ‘जारी’को टिजर सार्वजनिक

चलचित्र ‘जारी’को टिजर सार्वजनिक

नागरिक पाटी

३, फाल्गुण २०७९
  • 5.5K
    SHARES
  • चलचित्र ‘जारी’को टिजर सार्वजनिक

    काठमाडौं । बैशाख १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जारी’को आधिकारिक टिजर सार्वजनिक भएको छ । मंगलबार युट्युबमा सार्वजनिक गरिएको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ ।

    images
    images

    २ मिनेट ४६ सेकेण्ड लामो टिजरमा लिम्बु समुदायमा गाइने ‘पालाम’लाई चित्रण गर्दै गरेका रोयदीप श्रेष्ठलाई टिजरमा प्रस्तोताको रुपमा प्रस्तुत गरिएको छ । टिजर कविताबाट सुरु भएर कवितामै टुंगिएको छ ।

    ‘जारी’ प्रथाको कथावस्तुमा आधारित चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, मिरुना मगर र रोयदीपको अभिनय रहेको छ । उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेका चलचित्रका निर्माता रामबाबु गुरुङ हुन् । सैलेन्द्र डि कार्कीको छायांकन रहेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन छ ।

    चलचित्रमा दयाहाङ र मिरुना, रोयदीप बाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - १०:४५:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology