आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेमा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

थाक्रेमा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

नागरिक पाटी

२९, फाल्गुण २०७९
  • 11.4K
    SHARES
  • थाक्रेमा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    धादिङको थाक्रे ६ महादेववेशीमा वित्तिय साक्षरता तथा समुह अध्यक्ष गोष्ठि कार्यक्रम भएको छ । नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था गोगनपानी शाखाको वित्तिय साक्षरता तथा समुह अध्यक्ष गोष्ठि कार्यक्रम भएको हो ।

    images

    कार्यक्रममा संस्थाको संरचना, प्रगति विवरण, संस्थाको नीति, संचालन प्रक्रिया तथा समग्र लघुवित्तको बारेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादबले जानकारी गराएका थिए । उनले सहभागीलाई लघुवित्तबाट पैसा लिएर उद्यम तथा उत्पादन मुलक काममा खर्च गर्न सुझाव दिएका छन् । रिण मिनाहाको कुरा भ्रम रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत यादबले व्यवसायका लागि भनेर लिएको पैसा अन्यन्त्र खर्च गर्दा हुने गरेको समस्याका बारेमा पनि जानकारी गराएका थिए । उनले विभिन्न तालिम तथा उत्पादनमुलक काममा आफुहरु गाउँपालिका सँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताएका छन् ।

    यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष हिराबहादुर थापा राजेन्द्रले सँस्थाका सदस्यहरुले पैसा लिएपछि तिर्नु पर्ने भन्दै अन्य सँस्थाले सदस्यहरुलाई मर्का पर्ने गरि काम गरेको जानकारी आएकाले यस्तो गर्न नहुने बताए । उनले लघुवित्तबाट पैसा लिएपछि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पनि सुझाव दिएका छन् ।

    कार्यक्रममा थाक्रे गाउँपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य अमित कुमार घलेले महिलालाई स्वरोजगार तथा उद्यमी बनाउन गाउँपालिकाले विभिन्न योजनाहरु कार्यान्वयन गरिरहेको बताए । उनले विभिन्न तालिम लगायतमा माइक्रो फाइनान्ससँग सहकार्य तथा समन्वय गरेर अघि बढ्न आफुहरु तयार रहेको पनि बताएका छन् ।

    यस्तै कार्यक्रममा लघुवित्त अन्तर्गत गठन भएको समुहका सदस्यहरुले सल्लाह, सुझावका साथै अनुभव पनि साटासाट गरेका छन् । कार्यक्रममा आफ्नो भनाई राख्दै समुह नम्बर १९ का ठुलीमाया तामाङले लघुवित्तका कारण आफ्नो जिवनयापनमा सहज भएको उल्लेख गर्दै लघुवित्तबाट पैसा जुन प्रयोजनका लागि लिएको हो सोहि कामका लागि लगानी गर्दा राम्रो हुने बताईन् । यस्तै कार्यक्रममा सहभागी विन्दा सुनारले लघुवित्तबाट पैसा लिएपछि तिर्नुपर्ने भन्दै अनावश्यक हल्लाको कारण रिणीहरु नै पछि समस्यामा पर्ने बताईन् ।

    समुह नम्बर १ का अध्यक्ष निशा परिायारको अध्यक्षता र नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको प्रमुख आतित्थ्यतामामा भएको कार्यक्रममा गोगनपानी शाखाका शाखा प्रमुख प्रतिमा ढकालले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्यका बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा उत्कृष्ट समुहलाई प्रमाणपत्र तथा कदर पत्र प्रदान गरिएको छ । उत्कृष्ट बचत कर्ता सदस्यलाई कदर पत्र सँगै काम तथा समग्र मुल्याङ्कनको आधारमा प्रथम, दृतिय तथा तृतिय भएका समुहलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

    कार्यक्रममा स्थायी प्रहरी चौकी महादेववेशीका प्रमुख रामहरी खड्का, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका वरिष्ठ अधिकृत मदन रिजाल, अनुगमन अधिकृत रामचन्द्र लोहनी लगायतको आतित्थ्यता र विभिन्न समुहका ७० भन्दा बढि सदस्यहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रमका केहि तस्बिरहरु

    4.JPG

    3.JPG

    1.JPG

    6.JPG

    11.JPG

    10.JPG

    12.JPG

    2.JPG

    9.JPG

    8.JPG

    5.JPG

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २९, २०७९ सोमवार - २१:५२:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology