आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेयर बजार १५ अंकले घट्यो

सेयर बजार १५ अंकले घट्यो

नागरिक पाटी

८, चैत्र २०७९
  • 3.1K
    SHARES
  • सेयर बजार १५ अंकले घट्यो

    काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १५.७६ अंकको गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.८१ प्रतिशतले घटेर परिसूचक १९३३ अंकमा आइपुगेको हो ।

    images

    यसक्रममा आज १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा ३७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको कारोबार सुरु भएको सुरुवाती समयमा भने बढ्ने संकेत गरेको थियो ।

    यसअघि हिजो घोडेजात्राका कारण उपत्यका बिदा हुँदा नेप्सेको कारोबार समेत बन्द थियो । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा ७ अंकको गिरावट आएको थियो भने सोमबार २२ अंकले बढेको थियो । आज बुधबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको हो ।

    परिसूचक घटेपनि आज ३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १६६ वटा कम्पनीको सेयर मूल्य घट्दा १० वटाको भने बढेको छ । यसक्रममा आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्दै २९२ रुपैयाँमा पुगेको छ । यस्तै, आज बोटलर्स नेपाल (तराई) को सेयर मूल्य ७.६२ प्रतिशतले घटेको छ ।

    परिसूचक उच्च अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ । आज कारोबारमा आएका १३ वटै समूह घटेका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७९ बुधवार - १६:१६:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology