आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कतिरु

ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कतिरु

नागरिक पाटी

१२, चैत्र २०७९
  • 2.7K
    SHARES
  • ऋणपत्र निष्कासन गर्दै एनएमबी बैंक, ब्याजदर कतिरु

    एनएमबी बैंकले चैत २१ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदर रहेको "एनएमबी डिबेञ्चर १०.७५ प्रतिशत २०८९/२०९० नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।

    images

    कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने र बाँकी रहेको ४० प्रतिशत अर्थात् १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    सर्वसाधारणमा बाँडफाँट गरिने ४० प्रतिशत ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएकोमा ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरी सकिएको छ।

    सामूहिक लगानीकोषमा वितरण हुन नसकेको बाँकी कित्ता ऋणपत्र समेत सर्वसाधारणमा बिक्री गर्न लागेको कम्पनीको भनाइ छ। उक्त ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्ताकादेखि अधिकतम १६ लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

    कम्पनीलाई क्रेडिट रेटिङ इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ए रेटिङ प्रदान गरेको छ। यसले न्यून कर्जा जोखिम रहेको संकेत प्रदान गर्छ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

    साथै, मेरो सेयर आलाइन प्रयोग गरी सी–आस्बा प्रणली मार्फत् आवेदन दिन सकिने व्यवस्था छ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - १०:५२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology