धादिङ । प्रभु बैंक धार्के शाखाले मच्छिन्द्र बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सँगै पुस्तक हस्तान्तरण गरेको छ । धुनिबेशी नगरपालिका वडा नम्बर ७ मा रहेको उक्त क्याम्पसका विद्यार्थीहरुलाई ग्लोबल मनी वीक अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम गरिएको शाखा प्रबन्धक प्रविन कोईरालाले बताए ।
बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको वित्तीय साक्षरता कार्यक्रममा वित्तीय व्यवस्थापन र यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने बारे सहभागी विद्यार्थीलाई जानकारी गराईएको शाखा प्रबन्धक कोईरालाको भनाई छ ।
यसैगरी बैँकले पुस्तकहरु पनि क्याम्पसलाई हस्तान्तरण गरिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत क्याम्पस प्रमुख प्रमोद पाठकलाई पुस्तक हस्तान्तरण गरिएको शाखा प्रबन्धक कोईरालाले बताए ।
उक्त शाखाले केहि समय अघि मात्र धुनिबेशी नगरपालिका वडा नम्बर ८ मा रहेको धुनिबेशी आवासिय माध्यमिक विद्यालय लगायतका स्थानमा वित्तीय साक्षरता र थाक्रे १० मा रहेको केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो ।
बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
केहि तस्बिरहरु :





