आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार दोहोरो अङ्कले बढ्यो

नागरिक पाटी

१४, चैत्र २०७९
  • 3.7K
    SHARES
  • शेयर बजार दोहोरो अङ्कले बढ्यो

    शेयर बजार आज मङ्गलवार पनि बढेको छ । हिजो सोमवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ ।

    images

    आज बजारसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता शेयर एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सृजनशील लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - १९:२१:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology