आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्यो

वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्यो

नागरिक पाटी

१, बैशाख २०८०
  • 3.7K
    SHARES
  • वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घट्यो

    काठमाण्डौ । वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी निक्षेपको ब्याजदरमा कटौती गरेका हुन् ।नेपाल बैंकर्स सङ्घको बैठकले नयाँ वर्ष २०८० सालदेखि लागू हुने गरी मुद्दती तथा बचत खाताको ब्याजदर घटाउने निर्णय गरेको थियो ।

    images

    निर्णय अनुसार व्यक्तिगत मुद्दती खातामा बैंकले अब अधिकतम ९ दशमलव ९९ प्रतिशतसम्म ब्याज दिने भएका छन् । यसअघि मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । संस्थागत खातामा बैंकले ७ दशमलव ९ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि संस्थागत मुद्दतीमा ९ प्रतिशतसम्म ब्याज रहेको थियो ।

    त्यस्तै, साधारण बचतमा ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि बैंकहरूले बचतमा न्यूनतम् ६ प्रतिशत ब्याज दिँदै आएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०८० शुक्रवार - ११:५७:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology