आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार ४ अङ्कले घट्यो

शेयर बजार ४ अङ्कले घट्यो

नागरिक पाटी

१९, बैशाख २०८०
  • 2.7K
    SHARES
  • शेयर बजार ४ अङ्कले घट्यो

    शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव २६ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४१ विन्दुमा झरेको छ ।

    images

    आज होटल, बीमा, विकास बैंक र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । दुई सय ७० वटा कम्पनीका २२ लाख २२ हजार कित्ता शेयर ६४ करोड ९६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको दुई करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज सबैभन्दा धेरै श्वेतगङ्गा हाइड्रो र मिथिला लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धरैले बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १९, २०८० मंगलवार - १९:१४:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology