आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिमालयन लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने

हिमालयन लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने

नागरिक पाटी

२४, बैशाख २०८०
  • 2.7K
    SHARES
  • हिमालयन लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने

    काठमाडौँ । तीन बीमा कम्पनीहरू आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबार ९२६ गते०देखि कारोबार सुरु गर्ने भएको छ । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ आपसमा गाभिएर हिमालयन लाइफ बनेका थिए ।

    images

    गुराँस लाइफले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हो । यी तीन बीमा कम्पनी आपसमा गाभिनका लागि बीमा प्राधिकरणबाट वैशाख १३ गते स्वीकृति प्राप्त गरेका थिए ।

    यस्तै, धितोपत्र बोर्डबाट यही वैशाख १९ गते स्वीकृति प्राप्त गरेसँगै कम्पनी रजिस्टारको कार्यालयबाट २० गते स्वीकृति पाएको थियो । कम्पनीहरू आपसमा गाभिन सम्पूर्ण चलरअचल सम्पत्ति र तिर्नुपर्ने सम्पूर्ण कर हिमालयन लाइफले बेहोर्ने सहमतिसँगै मर्जरको स्वीकृत पाएका हुन् ।

    हिमालयन लाइफको मुख्य कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने समेत कम्पनीले नेप्सेलाई जानकारी दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १२:२०:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology