आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

२, जेठ २०८०
  • 3.4K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो

    पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ ।

    images

    आज बैंक र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीको २० लाख ६३ हजार कित्ता शेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशत तथा हिमालयन ऊर्जा विकास कम्पनी र मायाखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै माईखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - १८:०४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology