आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रावा इनर्जीले सर्वसाधारणका लागि आइपीओ ल्याउँदै

रावा इनर्जीले सर्वसाधारणका लागि आइपीओ ल्याउँदै

नागरिक पाटी

८, जेठ २०८०
  • 3.9K
    SHARES
  • रावा इनर्जीले सर्वसाधारणका लागि आइपीओ ल्याउँदै

    काठमाण्डौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरेपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

    images

    कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ४० हजार कित्तामध्ये ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो ।

    सोमध्ये ८७ लाख ६७० कित्ता सेयर बाँडफाँड गरिएको थियो भने १ लाख ९२ हजार ३३० कित्ता सेयर बाँकी रहेको थियो । सर्वसाधारणलाई निष्काशन गर्ने सेयरमा सो सेयर थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर निष्काशनमा ल्याउन लागेको हो ।

    निष्काशन गरिने कुल सेयरमध्ये १५ हजार ४७ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ३७ लाख ६१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ । लगानीकर्ताले बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    उक्त आइपीओमा इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।कम्पनीको आइपीओमा जेठ १८ गतेदेखि जेठ २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा सबै कित्ता सेयर बिक्री नभएमा भने सो अवधि जेठ ३२ गतेसम्म लम्बिने छ ।

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - ०७:४४:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology