आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बिमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले गर्ने

हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बिमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले गर्ने

नागरिक पाटी

६, आषाढ २०८०
  • 3.6K
    SHARES
  • हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बिमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले गर्ने

    काठमाण्डौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बिच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बिमाका लागी सम्झौता सम्पन्न भएको छ ।

    images

    सरल तथा सहज बीमाका लागी भरपर्दौ बीमा कम्पनीका रुपमा परिचित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिबनाथ पाण्डे र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका तर्फबाट अध्यक्ष श्री बालकृष्ण पाण्डेयले उक्त सम्झौैतामा हस्ताक्षर गरेका छन् । बीमा सम्झौता कार्यक्रममा सहकारी संस्थाका आई।टी सल्लाहकार दिपेन्द्र पौडेलको समेत उपस्थीति रहेको थियो ।

    उक्त अबसरमा अध्यक्ष पाण्डेयले आगामी दिनमा सहकारी संस्थामा आबद्द सम्पूर्ण सदस्यहरुको समेत बीमा गरिने र आबश्यकता अनुसार अन्य योजनाहरुमा पनि सहकार्य गरिने जानकारी दिनुभयो ।

    बुटवल रुपन्देहीमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले बिपन्न बर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता बिकास गर्नका लागी बिना भेदभाब “हामी गर्छो,सबैका लागी,सधैका लागी” भन्ने मुल नाराका साथ लघुबित्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - १३:०२:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology