आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

७१ प्रतिशतले घट्यो लाभकर

७१ प्रतिशतले घट्यो लाभकर

नागरिक पाटी

३, श्रावण २०८०
  • 3.9K
    SHARES
  • ७१ प्रतिशतले घट्यो लाभकर

    काठमाडौं । धितोपत्र बजारवाट सरकारले आर्थिक वर्ष २०७९/८० मा रू.२ अर्ब ९७ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले व्यक्तिगत लगानीकर्तातर्फ दीर्घकालीनवाट रू. ९९ करोड ८५ लाखभन्दा बढी र अल्पकालीनबाट रू. १ अर्ब ६४ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।

    images

    त्यस्तै संस्थागत लगानीकर्ताबाट सरकारले आव २०७९/८० मा रू. ३३ करोड १२ लाखभन्दा बढी पूंजीगत लाभकर संकलन गरेको छ । गत आव सरकारले अघिल्लो आवको तुलनामा ७१ प्रतिशतभन्दा कम पंजीगत लाभकर संकलन गरेको हो ।

    अघिल्लो आव २०७८/७९ मा सरकारले रू.१० अर्ब ३५ करोडभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो । अघिल्लो वर्ष दीर्घकालीन लगानीकर्ताबाट रू. २ अर्व ३६ करोड ६१ लाखभन्दा बढी र अल्पकालीनबाट रू. ६ अर्ब ४९ करोड ६५ लाखभन्दा बढी कर सरकारले उठाएको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - ०८:२५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology