आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको नाफा चार करोड भन्दा बढी

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको नाफा चार करोड भन्दा बढी

नागरिक पाटी

४, श्रावण २०८०
  • 6.0K
    SHARES
  • पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको नाफा चार करोड भन्दा बढी

    पालुङ । थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले चार करोड भन्दा बढी नाफा आर्जन गरेको छ ।

    images

    आर्थिक बर्ष २०७९र०८० को असार मसान्तसम्म कर अगाडि संस्थाले ४ करोड ४१ लाख नाफा गर्न सफल रहेको संस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले थाहापाटी लाई जानकारी दिए । साथै, संस्थामा १० हजार ५ सय ५४ सेयर सदस्य पुगेको र ऋणी सदस्य ३५ सय रहेको बताउदै संस्थाको कुल बचत ६२ करोड रुपैयाँ रहदा ऋण लगानी ९० करोड पुगेको जानकारी दिए।

    गत आर्थिक बर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो।
    थाहा नगरपालिका वडा न ४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा पनि सेवा केन्द्र खोली सेवा दिदै आइरहेको छ।
    हाल संस्थाले ऋण तथा बचत,लघुबित्त सेवा ,रासायनिक मल बिक्री वितरण ,लगायत कृषि क्षेत्रमा हाइटेक नर्सरी ,कोल्ड चेम्बर,कृषि तथा पशु प्राविधिक सेवा समेत प्रदान गर्दै आइरहेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेल बताउछन् ।
    हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसाथ गरिरहेको संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझी बताउछन रायमाझीका अनुसार संस्थाले ईन्टरनेट बैंङ्किङ ,मिसकल बैंङ्किङ,कनेक्ट आइपियस सेवा,रेमिटेन्स सेवा सहित मानव संसाधन विकास अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए।

    स्थापना कालदेखिनै शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आयको सस्थाले यस बर्ष पनि सहकारी संस्थाहरुले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश यस आर्थिक बर्षमा पनि दिन सक्षम भएको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ४, २०८० बिहिवार - २०:५८:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology