आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गत आर्थिक वर्षमा १२ अर्बका विद्युतीय सवारी आयात

गत आर्थिक वर्षमा १२ अर्बका विद्युतीय सवारी आयात

नागरिक पाटी

१४, श्रावण २०८०
  • 4.8K
    SHARES
  • गत आर्थिक वर्षमा १२ अर्बका विद्युतीय सवारी आयात

    काठमाण्डौँ । गत आर्थिक वर्षमा १२ अर्ब रूपयाँका विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा विभिन्न मोडलका ४ हजार ५० वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याइएका हुन् ।

    images

    आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा विद्युतीय सवारी साधन झण्डै दोब्बर बढी आयात भएका हुन् । भन्सार विभागका अनुसार अघिल्लो आवमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन १८ सय ७ वटा आयात भएका थिए ।

    अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएका हुन् । सरकारले गत आर्थिक वर्षमा साना खालका विद्युतीय सवारी साधनको आयातमा कर छुट दिने निर्णय गरेसँगै साना क्षमताका विद्युतीय सवारी साधनको आयात ह्वातै बढेको देखिन्छ ।

    भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै ५० किलोवाट क्षमता मुनिका चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको देखिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - ०८:१३:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology