दामन । सुर्यज्योति लाईफ इन्श्योरेन्स कम्पनी दामन शाखाले गत आर्थिक बर्षको व्यवसायिक प्रगति समिक्षाका साथ उत्कृष्ट कार्य गर्ने अभिकर्ता तथा एजेन्सी मनेजरहरुलाई सम्मान तथा पुनर्ताजगी कार्यक्रम गरेको छ । होटल पिनसको सभाहलमा सञ्चालित उक्त कार्यक्रममा उत्कृष्टताका आधारमा व्यक्तिगत कोड, आफ्नो टिम व्यवसाय र सबै भन्दा धेरै विमा पोलिसी विक्रि गर्ने अभिकर्ताहरुलाई खादा तथा शिल्डले सम्मान गरिएको हो । कार्यक्रममा ३० भन्दा बढिको संख्यामा सफल अभिकर्ता तथा एजेन्सि मेनेजरहरुको सहभागीता रहेको थियो ।

यस्तै कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई खादा र शिल्ड बाट कम्पनीका क्षेत्रिय प्रवन्धक जयराम ढुंगानाले सम्मान गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै ढुंगानाले सुर्यज्योति लाईफ इन्श्योरेन्स नेपालमै सर्वाधिक ३५ प्रकारको घातक रोग बिरुद्ध सुरक्षा दिने १ एक मात्र कम्पनी, आईएओ सर्टिफिकट प्राप्त, उत्कृष्ट बोनस सुविधा भएको र ग्राहक सुविधामा उच्च प्राथमिकता रहेको बताउनुभयो ।
कार्यक्रममा अतिथिहरुलाई शाखाका शाखा प्रमुख सोनी गोपालीले स्वागत गर्नुभएको थियो ।