आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिपुरासुन्दरीमा रहेको नेपाली कागज उद्योग संकटमा

त्रिपुरासुन्दरीमा रहेको नेपाली कागज उद्योग संकटमा

नागरिक पाटी

२८, भाद्र २०८०
  • 6.6K
    SHARES
  • त्रिपुरासुन्दरीमा रहेको नेपाली कागज उद्योग संकटमा

    धादिङ । सरकारी बेवास्ताका कारण नेपाली कागज उत्पादन गर्ने उद्योगहरू संकटमा परेका छन् । सरकारले कागजी कामकाजमा पहिलो पटक प्रयोगमा ल्याएको आधिकारिक कागज नेपाली कागज नै हो । यो कागज उत्पादन नेपाली कच्चा पदार्थबाटै हुन्छ । पछिल्लो समय कागज बनाउन आवश्यक कच्चा पदार्थ अभाव हुन थालेपछि उद्योग पनि संकटमा परेको छ ।

    images

    पछिल्लो समय लोक्ता, बाबियो, अर्जेलीलगायतका कच्चा पदार्थको उत्पादन घटेकाले चाहेजति कच्चा पदार्थ जम्मा गर्न नसक्दा उद्योग संकटमा पर्दै गएको नेपाली कागज उत्पादक सानुकाजी श्रेष्ठले बताए । नेपाली कागज उद्योग संकटमा पर्नुको मुख्य कारण नेपाली कागज सरकारी कामकाजमा अनिवार्य नगर्नु रहेको छ । नेपाली कामकाजमा नेपली कागज उद्योग अनिवार्य गरेमा मात्रै मानिसहरू कच्चा पदार्थ उत्पादनमा लाग्न सक्छन् ।

    अहिले प्रयोग गर्दै आएको अर्गेली, बाबियो, लोक्ता वनजंगलमा आफै उम्रेर हुर्कने गरेका छन् । नेपाली कागज उद्योगलाई आवश्यक कच्चा पदार्थ उत्पादनले धेरैलाई रोजगारी दिने श्रेष्ठले बताए । विद्युतीय उपकरण प्रयोगमा आउनु अघिसम्म सरकारी र घरायसी कामकाजका लागि नेपाली कागज नै प्रयोग गरिन्थ्यो । अहिले कम्प्युटरबाट प्रिन्ट गर्ने नाममा नेपाली कागजको प्रयोग गर्न छोडिएकोमा नेपाली कागज उत्पादकहरू असन्तुष्ट छन् ।

    नेपाली कागज उद्योग बचाउन सरकारले कच्चा पदार्थ प्रोत्साहन तथा अनुदान, उद्योग सञ्चालन अनुदान र सरकारी तथा गैरसरकारी कामकाजमा नेपाली कागज अनिवार्य गर्नुपर्छ । नेपाली कागजमा लेखिएका अक्षरहरू लामो समयसम्म नमेटिने भएकाले सरकारी कामकाजमा अनिवार्य रूपमा नेपाली कागज प्रयोग गर्नुपर्ने उद्योगीहरूको सुझाव छ । अहिले न्यायिक कामकाजमा मात्र नेपाली कागज प्रयोग गरिन्छ । नेपाली कागजलाई प्रवर्द्धन गर्न सके सबै पैसा नेपालमै रहने उनीहरूको भनाइ छ ।

    नेपाली कागजको कच्चा पदार्थको रूपमा प्रयोग हुने लोक्ता धादिङको वसेरी, गुम्दी, रिगाउँ, तिप्लिङ, सेर्तुङ, दार्खा र गोरखाको थुमी, लापु, बारपाक, केरुङ्जा, काशीगाउँका जंगलमा पाइन्छ । त्यहाँका स्थानीयले लोक्ता बिक्री गर्न ल्याउने गरेका छन् । तर हरेक वर्ष लोक्ताको उत्पादन घट्दै गएकाले नेपाली कागजको उत्पादन पनि घटेकोे छ । २०४१ सालबाट गोरखा आरुचनौटेमा मनास्लु कागज उद्योग सञ्चालन सुरु गरेका श्रेष्ठले अहिले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–२, विशालनगरमा श्रेष्ठ नेपाली कागज उद्योग सञ्चालन गर्दै आएका छन् ।

    उद्योगमा १९ जना कर्मचारी कार्यरत छन् । कर्मचारीको तलबमा मात्र वार्षिक ३१ लाखको हाराहारीमा खर्च हुने र लोक्ता खरिदमा ४० लाख खर्च हुने श्रेष्ठ बताउँछन् । दुई सय पिस ९एक कोरी० कागज उत्पदान गर्न १ हजार ५ सय रुपैयाँ लगानी हुने र १ हजार ९ सयमा बिक्री गर्ने गरिन्छ । वार्षिक उत्पादन ६ हजार कोरी कागज उत्पादन हुने र बिक्रीबाट ९५ लाख रुपैयाँ आम्दानी हुन्छ । सवै खर्च कटाएर १० लाखको हाराहारीमा नाफा हुने श्रेष्ठले बताए । अहिले उद्योगमा १ करोडभन्दा बढी लगानी पुगेको उनको भनाइ छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १४:३१:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology