धादिङको थाक्रे ११ महादेववेशीमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी लि.को १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष उर्मिला रेग्मीले प्रस्तुत गर्नु भएको थियो ।

वि.स २०६५ सालमा २५ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी ७२ लाख ९७ हजार ७ सय, बचत रकम ५ करोड २३ लाख ९५ हजार २ सय ६१ रुपैयाँ,जगेडा कोष ७१ लाख ८७ हजार ३२ रुपैयाँ, अन्य कोष ४५ लाख २५ हजार ९ सय ९६ रुपैयाँ, ऋण लगानी ५ करोड ७९ लाख ५६ हजार ६ सय २४ रुपैयाँ, खुद बचत ३४ लाख १० हजार ३ सय ५९ रुपैयाँ रहेको सहकारीको कुल पुँजी तथा दायित्य ७ करोड ६० लाख ५४ हजार ५ रुपैया रहेको सहकारीका कोषाध्यक्ष भगवती रेग्मीले बताए ।

संस्थामा अहिले १५५९जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कता, उत्कृष्ट कारोवार गर्ने बचत कतालाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष रेग्मीले बताउनु भयो ।

कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, थाक्रेका उपाध्यक्ष यन्त्र बहादुर थापा, थाक्रेका वडा नम्बर १ का वडा अध्यक्ष श्याम सुन्दर थापा,वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा,भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिका सापकोटा, सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, पृर्व वडा अध्यक्षहरु,विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।
