आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तसर्पू साना किसान सहकारीले मनायो १४ औं बार्षिक साधारण सभा,अध्यक्षमा पुनः सापकोटा चयन

तसर्पू साना किसान सहकारीले मनायो १४ औं बार्षिक साधारण सभा,अध्यक्षमा पुनः सापकोटा चयन

शिवराज आचार्य

१८, कार्तिक २०८०
  • 7.6K
    SHARES
  • तसर्पू साना किसान सहकारीले मनायो १४ औं बार्षिक साधारण सभा,अध्यक्षमा पुनः सापकोटा चयन

    धादिङ । तसर्पू साना किसान कृषि सहकारी संस्था लिमिटेड थाक्रे ४ तसर्पूको अध्यक्षमा पुनः राधिकादेवी सापकोटा चयन हुनुभएको छ ।

    images

    संस्थाको १४ औँ साधारण सभा तथा अधिवेशनबाट पुनः सापकोटाको अध्यक्षतामा आगामी ४ बर्षका लागि १३ सदस्यीय सञ्चालक समिती चयन गरिएको हो । जसको उपाध्यक्षमा सुशिला वाइबा चयन हुनुभएको छ ।

    viber_image_2023-11-04_19-57-02-944.jpg

    त्यस्तै नवराज भोलनकोे संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष राधिकादेवी सापकोटाले प्रस्तुत गर्नु भएको थियो ।

    viber_image_2023-11-04_19-56-14-368.jpg

    वि.स २०६६ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ४६ लाख ८३ हजार ५ सय रुपैयाँ रहेको छ । साधारण जगेडा कोष १ करोड २२ लाख ८६ हजार ३४० रुपैयाँ,अन्य जगेडा कोषहरु ३८ लाख ६७ हजार ८३५ रुपैयाँ,ऋण लगानीमा समभावित जोखिम कोष २२ लाख ७२७ रुपैयाँ, बचत निक्षेप दायित्व ४ करोड ४९ लाख ८३ हजार ९६५ रुपैयाँ, पुँजिगत अनुदान कोष ३९ लाख ३२ हजार ६८५ रुपैयाँ,चालु दायित्व तथा भुक्तानी दिनुपर्ने हिसाव १ लाख ५३ हजार ९३३ रुपैयाँ,दिर्घकालिन तथा अन्य दायित्व हिसाव २० लाख २१ हजार १६६ रुपैयाँ, आम्दानी नजनाएको पाउनु पर्ने व्याज १३ लाख २२ हजार १८ रुपैयाँ रहेको सहकारीको जम्मा करोकार १२ करोड ६५ लाख ३० हजार ४ सय ७८ रुपैयाँ रहेको सहकारीका प्रबन्धक बिरसिंह लामाले जानकारी दिनु भयो ।

    viber_image_2023-11-04_19-56-42-367.jpg

    संस्थामा अहिले २०२ वटा समुह तथा ८७१ जना शेयर सदस्य रहेका छन्। संस्थाका अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कृषी सहकारी केन्द्रिय संघका अध्यक्ष एवम साना किसान विकास लघुबित्त बित्तिय संस्थाका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो।

    viber_image_2023-11-04_19-56-52-068.jpg

    त्यसै गरी कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको विशेष आतिथ्यता रहेको कार्यक्रममा, पृर्व उपाध्यक्ष अम्बिका रुपाखेती, केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष अप्सरा अधिकारी, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, गोगनपानी साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष बद्रि प्रसाद रुपाखेती,विभिन्न सहकारी संस्थाका प्रबन्धक तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

    viber_image_2023-11-04_19-56-45-390.jpg

     

     

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - १९:५७:१८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology