धार्के,धादिङ । उदय कृषि बहुउद्देश्यीय सहकारीले आफ्नो १६औँ साधारण सभा गरेको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त सहकारीले शुक्रबार साधारणसभा मनाए हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष बासुदेब बास्कोटाले प्रस्तुत गर्नु भएको थियो।

सहकारीमा १ करोड २१ लाख ४२ हजार ९ सय को सेयर रकम, १ करोड ८ लाख ५३ हजार ४० रुपैँया निक्षेप बचत, १ करोड ७७ लाख ७३ हजार ९ सय ७८ रुपैयाँ ऋण लगानी रहेको सहकारीको व्यवसाय कर्जा १ करोड १० लाख ५३ हजार ७३२ रुपैया र कृषि कर्जा ६४ लाख २४ हजार २०१ रुपैयाँ रहेको छ।

सहकारीको यस आ.वको स्थिर सम्पति ४७ लाख ६४ हजार ९० रुपैयाँ रहेको सहकारीका लेखा सुपरिवेक्षण समितिका सदस्य केदार प्रसाद आचार्यले बताएका छन्।
संस्थामा अहिले ११९७ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,बचत कर्ताहरु तथा ऋणहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष बासुदेब बास्कोटाले बताउनु भयो ।

सहकारीका अध्यक्ष बासुदेब बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा धुनिबेशी नगरपालिकाका कार्यपालिका सदस्य सावित्रि मिजार, नगर सभा सदस्य केशव मिजार, जीवनपुर साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष राजेश कुमार रुचाल, विभिन्न सहकारी संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।