बैरेनी । धादिङको गल्छी ६ बैरेनीमा रहेको बैरेनी सानाकिसान कृषि सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभामा अध्यक्ष बद्रि प्रसाद अधिकारीले सहकारीको बार्षिक प्रगती प्रतिवेदन, संस्थाका प्रवन्धक रामजी खतिवडाको प्रतिवेदन, लेखा समिति संयोजक पशुपति धिताल आन्तरीक लेखा प्रतिवेदन पेश गरिएको छ ।

संस्थाका अध्यक्ष बद्रि प्रसाद अधिारीले पेश गर्नुभएको प्रतिवेदनमा सहकारीको माध्यमद्घारा कृषकहरुलाई ब्यवसायिक बनाउने उद्घेश्यले संस्थाले आफ्ना सदस्यहरुलाई ब्यवसायिक बनाउन बिभिन्न तालिमहरु संचालन गर्ने गरेको, किसानहरुको आर्थिक, तथा सामाजिक बिकास गराउन सरकार, सहकारी तथा निजि क्षेत्रको पहलमा विभिन्न कार्यक्रमहरु संचालग गरिरहेको बताउँदै संस्थाको २२ औं साधारणशभाले दिएको अधिकार , बिनियम, सहकारी ऐन तथा नियमावलि, र समय समयमा सहकारीले जारी गरेको सुचना तथा परिपत्र को साथै सहकारीको मूल्य, मान्यता र सिद्धान्तको अधिनमा रही कतिपय कठिन तथा प्रतिकुल अवस्थाको बाभजुत सदस्यहरुको सेवामा समर्पित रहदै आएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारीका अध्यक्षको प्रतिवेदन अनुसार संस्थाले आगामी दिनमा संचालन गरिने कार्याकक्रमहरु ः–
१. यस अघि गरि आएका कार्यक्रम हरु लाई निरन्तरता दिदंै जाने ।
२. व्यवसायिक तालिम संचालन गर्ने । (तरकारी खेती तथा पशु पालन तालिम)
३. शेयर लाभांस १४% वितरण गर्ने र सम्बन्धीत ब्यक्तिको ग्राहक शुरक्षण कोष खातामा जम्मा गर्ने ।
४. ऋण बिमाको कार्यक्रम संचालन गर्ने ।
५. ऋणको ब्याज असुलि तथा निक्षेपमा प्रदान गरेको ब्याजको आधारमा संरक्षित पुजिँकोष वितरण गर्ने ।
६. विभिन्न विधामा पुरस्कृत गर्ने ।
७ सदस्य तथा गैह्र सदस्य सहकारी शिक्षा कार्यक्रम संचालन गर्ने ।
८. संस्थागत तथा धार्मिक अवलोकन भ्रमणको व्यवस्था गर्ने । (बृद्घ ३० जना युवा ३० जना) संस्थाको श्रोतवाट ।
९. कार्यालय लाई व्यवस्थीत गर्नको लागि आवश्यक सम्पती सामान खरिद गर्ने र तालिममहल निर्माणको अधुरो कार्य पुरा गर्ने ।
१०. वाह्य लेखा परिक्षक नियुक्ती र पारिश्रमिक तोक्ने ।
(रु ७५,०००। कर सहित पारिश्रमिक दिनेगरी १. भिम प्रसाद गैरे २.च्ब् नारायण श्रेष्ठ ३.सि.ए.प्रविश पौडेल ।
उल्लेखित तिन जना मध्येबाट लेखापरिक्षक नियुक्ति गर्ने ।)
११. सुझाप पेटिका साथै वडा पत्रको व्यवस्था गर्ने ।
१२. विभिन्न सामाजिक सामुदायिक तथा अनुदानका कार्यक्रमहरु संचालन गर्ने । (माथि उललेखित बुँधा नं.७ मा उल्लेखित कार्यालयहरुको सहयोगमा )
१३. ऋण लिई भाखा नघाँउने ऋणीको तिन पुस्ते सार्वजनिक गर्ने तथा कालो सुचिमा राख्न सुरु गर्ने र आवस्यकता अनुसार धितो लिलामीको प्रकृयामा समेत जान शुरु गर्ने ।
१४. पशु विमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने ।
१५ कृषि उपजका लागी रासायिनिक मल, बिउ, तथा औषधि अनुदान तथा शुफत मूल्यमा बितरणको लागी आवस्यक पहल गर्ने ।
१६. बित्तिय बिश्लेषण गरी ऋण तथा बचतको ब्याजदर निर्धारण गर्ने ।
१७ माटो परिक्षणको थालनी गर्ने ।
१८. सदस्य सुरक्षा योजनामा सहभागी नभएका सदस्यहरुलाई यस योजनाको महत्व बुझाई योजनामा सहभागि गराउने ।
१९. सदस्यहरुलाई जटिल रोग लागेमा रोगको प्रकृति हेरी बढिमा रु. १०,०००÷– दश हजार मात्र सम्म उपचार खर्चको ब्यवस्था गर्ने ।
२०. संस्थाले बिगत आ.ब.मा संचालन गरेको अनुदानका कार्यक्रमहरु मध्ये मकै खेतीको पकेट बिकास कार्यक्रम तथा बाख्राको ब्यवसायिक उत्पादन केन्द्र (ब्लक) बिकास कार्यक्रम चालु आ. ब.मा पनि निरन्तर संचालन हुने हुँदा उक्त कार्यक्रमहरु सम्वन्धित निकायको मापदण्ड भित्र रहि संचालन गर्ने ।
२१. सफा तथा स्वस्च्छ भान्सा अन्तरगत बिद्युतिय चूलो बितरण कार्यक्रम अजम्बरी बिकास फाउन्डेसन संगको साझेदारीमा ईच्छुक सदस्यहरुलाई अनुदानमा उपलब्ध गराउने ।
२२. चालु आ.ब. भित्रमा एक जना दक्ष जनशक्ति ब्यवस्थापन गर्ने ।
बैरेनी सानाकिसान कृषि सहकारी संस्थाका प्रवन्धक रामजी खतिवडाले पेश गर्नुभएको संस्थाको आर्थिक तथा सांगठनिक प्रतिबेदन अनुसार बैरेनी साना किसान कृषि सहकारी संस्था लि. गल्छी ६, धादिङले बिभिन्न निकाय मार्फत थुप्रै अनुदानका कार्यक्रमहरु संचालन गर्ने अवसर पाएको । अनुदानका कार्यक्रम मार्फत सदस्यहरुको आय स्तर बृद्धि तथा कृषिमा आधुनिकीकरण गर्न मद्धत पुगेको तथा सदस्यहरुको आय बृद्धिका लागि अनुदानका कार्यक्रमहरु संचालन गर्न संस्था अझै कृयाशिल भएर लाग्ने उल्लेख गरिएको छ ।

बैरेनी सानाकिसान कृषि सहकारीको २२ औं साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती प्रदेशका माननिय मुख्यमन्त्री सालिकराम जमरकट्टेलले सानाकिसान कृषि सहकारी संस्थाहरु संगको साझेदारीमा प्रदेशले विशेष कृषि पकेट क्षेत्र मार्फत कृषि उपजको बृहद् उत्पादनको कार्यक्रम सुरु गर्न चाहेको बताउनु भयो ।

कार्यक्रममा बोल्नुहुदै गल्छी गाउँपालिकाका अध्यक्ष केदार खतिवडाले बैरेनी सानाकिसान कृषि सहकारी संस्था संग गाउँपालिकाले अघिल्ला वर्षहरुमा विभिन्न कार्यक्रममा साझेदारी गरेको र आगामि वर्ष पनि संस्था संगको साझेदारीमा कृषि केन्द्रित कार्यक्रमहरु संचालन गर्ने बताउनु भयो ।
बैरेनी सानाकिसान कृषि सहकारी संस्थामा २०८० असोज मसान्त सम्ममा १५६१ शेयर सदस्य, लगानीमा रहिरहेको रकम २३ करोड ४४ लाख ८१ हजार रहेको छ भने २०८० असार मसान्त सम्मा सहकारीको खुद नाफा ६६ लाख ११ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाको २०८० को असार मसान्त सम्मको लगानी रकम २७ करोड ९५ लाख ८ हजार, असुली २२ करोड ५८ लाख ७४ हजार रहेको जनाइएको छ ।

सहकारीका अध्यक्ष बद्रि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यता रहेका थियो । गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा तथा उपाध्यक्ष भाइकाजि तिवारीको विशेष आतिथ्यता रहेको साधारण सभामा विभिन्न वडाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो । साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघका सदस्य अप्सरा अधिकारी, बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक, कृषि सहकरी जिल्ला संघ धादिङका रंग थपलिया, साना किसान विकास लघुवित्त वित्तिय संस्था लि शाखा कार्यलय गजुरीका विशाल तुलाधार, विभिन्न सहकारीका अध्यक्षहरु, कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रतिनिधि, गल्छी गाउँपालिका कृषि तथा पशु सेवा शाखाका प्रतिनिधि लगायत सदस्यक कृषकहरुको उपस्थिति रहेको थियो ।