सिम्ले, धादिङ । भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धादिङको थाक्रे वडा नम्बर २ को सिम्लेमा रहेको भूमेस्थान साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो ।

वि.स २०५० सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ९४ लाख २८ हजार २ सय रुपैयाँ रहेको छ । निक्षेप रकम ९ करोड ९५ लाख ३९ हजार २ सय ९५ रुपैयाँ, साधारण जगेडा कोष रकम १ करोड ३२ लाख २५ हजार २ सय २ रुपैयाँ, ऋण लगानीबाट ब्याज प्राप्त ३ करोड ७८ लाख ५० हजार ६६४ रुपैयाँ रहेको रहेको सहकारीको जम्मा दायित्य ३६ करोड ५३ लाख ८८ हजार ८ सय ७१ रुपैंया रहेको सहकारीका प्रबन्धक नानु थापाले जानकारी दिनु भयो ।

संस्थामा अहिले १९६ वटा समुह तथा १२४२ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष थापाले बताउनु भयो ।

भूमेस्थान साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष कृष्ण बहादुर थापको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य तथा केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष अप्सरा अधिकारी, थाक्रे वडा नम्बर १ का अध्यक्ष श्याम सुन्दर थापा, वडा नम्बर २ का वडा अध्यक्ष टिकाराम तामाङ,वडा नम्बर ३ का वडा अध्यक्ष विजय तामाङ, गोगनपानी साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष बद्रि प्रसाद रुपाखेती,थाक्रे साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष का.सादुराम थापा तामाङ, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिका सापकोटा, मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उर्मिला रुपाखेती, कल्लेरी साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष रमेश खतिवडा,बैरेनी साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष बद्रि प्रसाद अधिकारी,वडा सदस्यहरु, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

