साना किसान लघुवित्तले गत आर्थिक वर्षको मूनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।