धादिङ । सूर्यज्योति लाइफ इन्स्योरेन्स त्रिशुली रिजनमा सही प्लान लन्चिङ भएको छ । धादिङ गल्छिको गल्छि बगर रिसोर्टमा कार्यक्रम गरी सही प्लानको सुरुवाती गरिएको हो । सुर्य ज्योतिलाइफ इन्स्योरेन्सले भर्खर मात्र बजारमा ल्याएको सही प्लान कम्पनीका चिफ बिज्नेश अफिसर फर्शुराम मरासिनी, एमडिआरटी राजकुमार गर्तौला, स्टार एजेन्सी ईश्वरी अर्यालले संयुक्त रुपमा लन्चिङ गर्नु भएको हो भने मरासिनीले सही प्लानको बारेमा सहभागीहरुलाई प्रकाश पार्नु भएको थियो ।
मरासिनीले सुर्य ज्योतीलाइफले भर्खर बजारमा ल्याएको यो प्लान बिमा जगत कै सस्तो प्लान रहेको र यस प्लानमा ४० हजारले २५ लाखको बिमा गर्न सकिने भएको हुँदा सामान्य मानिस पनि बिमाको दायरामा आउन सक्ने कुरा बताउनु भयो ।

कार्यक्रममा कम्पनीका चिफ बिज्नेश अफिसर फर्शुराम मरासिनी, चिफ एजेन्सी डेभलपमेन्ट मदन कुमार गौतम, प्रदेश प्रमुख चरनदास तिमल्सिना, रिजनल प्रमुख जयराम ढुङ्गाना र शाखा कर्मचारीहरुकको उपस्थिति थियो । उक्त कार्यक्रममा रिजनल प्रमुख ढुङ्गानाले यस आर्थिक वर्षको बिज्नेस रिभ्यु गर्दै अब सुर्य ज्योति लाइफ सबैको घर घरमा पुग्नु पर्ने र अभिकर्ताहरूले त्यो भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । यस्तै कार्यक्रममा कम्पनीका बागमती प्रदेश प्रमुख चरनदास तिमल्सिनाले पनि आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रमा रिजनमा रहेका शाखाहरू धादिङ, गजुरी, बट्टार, रसुवा र दामन शाखाका करिब १०० जना अभिकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट १० जना अभिकर्ताहरूलाई सम्मान पनि गरिएको छ ।