रसुवा । धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लिमिटेडले १७ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको छ । सहकारीको बाह्रौं साधारणसभामा सहकारीको गत आर्थिक वर्षको कुल आम्दानी ७२ लाख ३ हजार ३ सय २७ रुपैयाँ मध्येबाट सो अवधिमा भएको कुल खर्च ५४ लाख २५ हजार ९ सय ८६ रुपैयाँ कटाई खुद नाफा १७ लाख ७७ हजार ३ सय ४१ रुपैयाँ नाफा आर्जन प्रबन्धक पुर्ण प्रसाद न्यौपानेले जानकारी दिए । त्यसै गरी सभामा प्रति सेयर ९ प्रतिसतले सेयर लाभांस बितरण प्रस्ताव समेत गरेको छ ।

सहकारीका उपाध्यक्ष हेमनाथ खतिवडाले स्वागत गरेको साधारण सभामा प्रमुख अतिथि कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले सहकारीले राम्रो काम गरेको र यसले स्थानीय सरकारलाइ काम गर्न पनि सजिलो भएको बताए । कार्यक्रममा बिशेष अतिथि कालिका गाउँपालिका उपाध्यक्ष मीरा लामा, पूर्व गाउँपालिका उपाध्यक्ष भवानी न्यौपाने, साना किसान विकास बैक शाखा कार्यालय गजुरीका सूर्य अधिकारी,वडा अध्यक्ष उमेश न्यौपाने, सन्दिप पौडेल, सहकारी संस्थाका अध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो धारणा राखेका थिए ।
२०६८ असोज ४ गते स्थापना भएको शहकारी संस्थाको सेयर सदस्यहरूको संख्या गतवर्षको १ हजार ३३ जना छन् भने सेयर पुँजी ६२ लाख रुपैयाँ रहेको सहकारीले जनाएको छ । सहकारीका असल ऋणी तथा बचतकर्ताहरुलाइ सम्मान पुरस्कार प्रदान गरिएको थियो ।