आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साना किसान कल्लेरीको २४ औं साधारण सभा सम्पन्न, अध्यक्षमा आचार्य चयन 

साना किसान कल्लेरीको २४ औं साधारण सभा सम्पन्न, अध्यक्षमा आचार्य चयन 

शिवराज आचार्य

३०, मंसिर २०८०
  • 13.3K
    SHARES
  • साना किसान कल्लेरीको २४ औं साधारण सभा सम्पन्न, अध्यक्षमा आचार्य चयन 

    गल्छी, धादिङ । सानाकिसान कृषि सहकारी संस्था लि गल्छी २ कल्लेरीको २४ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

    images

    संस्थाको भवन कल्लेरीटारमा भएको साधारण सभाले कल्याण आचार्यको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समित तथा नवराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिबेक्षण समितिको चयन गरेको छ ।

    अघिल्लो २ कार्यकाल अध्यक्ष रहनु भएका रमेश खतिवडाले नयाँ समिति चयनमा सहमतिको पहल लिदै सर्बसम्मत रुपमा नयाँ समिति चयनका लागि मार्गप्रसस्त गर्नुभएको हो ।

    साना किसान कृषि सहकारी संस्था लिमिटेड कल्लेरीका अध्यक्ष रमेश खतिवडाको अध्यक्षतामा सम्पन्न साधारण सभामा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष भाइकाजि तिवारीको विशेष आतिथ्यता रहेको थियो ।

    411495637_2310460742677840_4197159081191019014_n.jpg


    साधारण सभाले संस्थाका अध्यक्ष रमेश खतिवडाको आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रमुख सरोज आचार्यको लेखा सुपरिवेक्षण प्रतिवेदन, संस्थाका मुख्य प्रवन्धक ज्ञान प्रसाद खतिवडाको प्रतिवेदन पारित गरेको छ ।

    वि सं २०५१ सालमा स्थापना भएको सहकारीमा २५१ समुहमा १४१९ साना किसान सदस्यहरु आवद्ध छन् । २०८० असार मसान्त सम्म सहकारीमा २ करोड ८३ लाख ३२ हजार शेयर रकम, १० करोड ५९ लाख निक्षेप रकम रहेको छ भने आर्थिक वर्ष २०७९÷८० मा सहकारीले कुल ३१ करोड ४८ लाख ८४ हजार लगानी गर्दै खुद ९७ लाख ८४ हजार नाफा गरेको छ भने संस्थाको असुली दर ९८.८५ प्रतिशत रहेको छ ।

    411483700_2310462106011037_1828720097937089516_n.jpg

    २४ औं वार्षिक साधारण सभामा अध्यक्ष रमेश खतिवडाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार सहकारीले २०८० असार मसान्त सम्ममा संस्थाले संचालन गरेको कृयाकलापहरु निम्नानुसार रहेको छ ।
    १. नियमित मासिक समुह तथा अन्तर समुहको बैठक बस्ने गरेको
    २. मासिक संचालक समितीको बैठक बस्ने गरेको
    ३. ग्रामिण बैंकिङ सेवा प्रदान गरेको ।
    ४.बिभिन्न वचत कार्यक्रम संचालन गरेको । ( समुह ,अन्तर समुह , व्यक्तीगत , कर्जासंचयकोष , खुत्रुके वचत , कर्मचारी संचयकोष ,सदस्य हितकोस , सदस्य राहात कोष , पशुविमा वचत , आवधिक वचत र पन्सन वचत )
    ५.ऋण प्रवाह (लघु कर्जा, पशुपालन कर्जा ,आन्तरी श्रोत लघु कर्जा, सहलियत कर्जा, उद्यमसिल कर्जा, तरकारी खेति कर्जा )
    ६.पशुविमा कार्यक्रम संचालन गरेको ।
    ७.सहकारी शिक्षा गोष्ठी संचालन ७ ठाउमा संचालन गरेको ।
    ८. प्रशिक्षक प्रशिक्षण तालिममा २ जना समावेस गरेको ( केन्दी्रय संघको आयोजनामा )
    ९.डेरि तथा कोल्ड रुम संचालन गर्नको लागि थी्र फेज लाईन जडान गरेको
    १०.जिल्ला भेटनरि कार्यालय धादिङको सहयोगमा १५ वटा भन्दा वढि बाखा्र पाल्ने व्यवसायिक सदस्यहरु लाई १५ वटा बोका खरिद गर्नको लागि प्रति व्यक्ती रु २०,०००। का दरले र २५ गोठ सुधारको लागि प्रति व्यक्ती रु २०,०००( विस हजार को दरले २५ जना लाई अनुदान वितरण गरेको ।
    ११. व्यवसायिक सदस्यहरु लाईपुरस्कृत गरेको ।
    १२.सदस्य राहातकोष संचालन गरेको ( प्रति व्यक्ती रु ५०० जम्मा गरे पछि घातक खालको रोग लागि अपे्रशन गर्नु परेमा रु १०,००० । देखि २५००० । सम्मखर्च दिने
    १३. असल काम गर्ने संचालक तथा कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको ।
    १४. उद्यमशिल कर्जा सम्बन्धी तालिममा १ जना सहभागी गराएको ( आयोजक साना किसान बिकास लघुवित्त वित्तीय संस्था लि. को सहयोगमा ।
    १५. बिभिन्न वचत कर्ताहरुलाई पुरस्कृत गरिएको ।
    १६. व्यवसायिक योजना र बजेट निर्माण गरि कार्याक्रम संचालन गरेको
    १७.सदस्य हितकोष संचालन गरेको । ( शेयर सदस्यहरुले रु २,५००) जम्मा गर्ने लाई मृत्यु पछि रु ६०,०००। दिने गरेको ।
    १८. व्याड बोका वितरण गरेको २ वटा ( साना किसान बिकास लघुवित्त वित्तीय संस्थाको सहयोगमा र संस्थाको साझेदारिमा )
    १९. प्रधान मन्त्री कृषि आयोजना र सदस्यको साझेदारिमा १वटा कुलो मर्मत गरेको भुत्याहा अनुदान रकम रु ३,००,००० । तिन लाख )
    २०. बिभिन्न सामाजिक सामुदायिक कार्यक्रम गरेको (फर्निचर खरिदको लागि वडा नम्बर ५ कोसिखोलामा रु १५०००। सहयोग गरेको )
    २१. शेयर लाभास १५ प्रतिशत वितरण गरेको ।
    २२. रासायनिक मल बिकी्र वितरण गरेको ।
    २३. ऋण कारोवारको आधारमा ६० प्रतिशत र वचत कारोवार लाई ४० प्रतिशत का आधार मानी संरक्षित पुजिकोष वितरण गरेको ।
    २४. गल्छी गा.पा र संस्थाको साझेदारिमा एक वडा एक उत्पादन कार्यक्रम संचालन गरेको अनुदान रकम रु १०,००,००० दश लाख ( पाईप खरिद , पोखरी निर्माण , तालिम संचालन ,पम्पखरिद , टनेल १० वटा र तरकारीको विउ वितरण गरेको । (गल्छी वडा नम्बर १ पारिलाछाप )
    २५ .व्यवसायिक सदस्यहरुलाई उद्यमशिल कर्जा प्रवाहा गरेको
    २६. सुत्तेरी खर्च दिने गरेको ( गाई ,भैसि व्ययपछि प्रति पशु रु १००० ।
    २७ . व्यवसायिक सदस्य हरुलाई अवलोकन भ्रमण गराएको ९२ जना
    २८. तिज विशेष कार्यक्रम गरेको
    २९. पशु पालन सम्बन्धी तालिम २ वटासंचालन गरेको ( संस्थाको भवन केउरेनी टार )
    ३० तरकारी खेति सम्बन्धी तालिम संचालन गरेको १ पटक (गल्छी १पारिलाछाप)
    त्यस्तै संस्थाले चालु आर्थिक वर्षमा निम्नानुसारको कृयाकलापहरु सञ्चालन गरिने जनाएको छ ।
    १. यस अघिका कार्यक्रम हरु लाई निरन्तरता दिने ।
    २. व्यवसायिक तथा सिपमुलक तालिम संचालन गर्ने ( १ वटा बैक संघ गा पा )
    ३. तिज विशेष कार्यक्रम गर्ने
    ४.निक्षेप र शेयर बृद्घिका लागि गोष्ठी गर्ने (१ वटा )
    ५. शेयर लाभांस १५ प्रतिशत वितरण गर्ने
    ६. ऋणको ब्याज असुलि र वचत जम्माको आधारमासंरक्षित पुजिँकोष वितरण गर्ने ।
    ७. विभिन्न विधामा प्रशंशा पत्रका साथ सम्मान गर्ने ।
    ८. सहकारी शिक्षा गोष्ठी संचालन गर्ने (७स्थानमा २ पटक (सहकारी शिक्षाकोष बाट ) ।
    ९. अवलोकनभ्रमणको व्यवस्था गर्ने १ वटा ( व्यवसायिक सदस्यलाई )
    १०. विनियम तथा कार्यविधिहरु परिमार्जन गर्ने
    ११.२०८१ साल असार मशान्तमा व्याज र किस्ता बाकी नहुने वडाका प्रतिनिधीहरु र संस्थाका कर्मचारीहरु लाई प्रसंशा पत्र र कर्मचारी वोनशकोष वाट पुरस्कारबाट साधारण सभामा सम्मान गर्ने ।
    १२.कार्यालय लाई आवश्यक जनशक्ति व्यवस्था गर्ने ।
    १३. कार्यालय लाई व्यवस्थीत गर्नको लागि आवश्यक सामाग्रीहरु खरिद गर्ने र कार्यालयको घेराबार गर्ने ।
    १४.आगामी २०८१ असार भित्र सम्पुर्ण सदस्यहरु लाई रु.१०,०००। शेयर खरिद गर्न अनुरोध गर्ने
    १५. तरकारी संकलन केन्द्र निर्माण गर्न पहल गर्ने १ वटा) । ( संघ, बैक ,गा.पा र अन्यको सहयोगमा
    १६. साझेदारिमा व्यवसायिक बाखा्र पालन कार्यक्रम संचालन गर्ने ( जिल्ला भेटनरि कार्यालयकोसहयोगमा
    १७. कृषि सम्बन्धीतालिम तथा भेटनरि पा्रविधिकको व्यवस्था गर्ने
    १८..वडा पत्रको व्यवस्था गर्ने ।
    १९ . विभिन्न सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने (संघ ,बैक, गा.पा.संस्था र अन्य )
    २०. तालिममा सहभागी गराउने ७ जना ( संघ ,बैक ,गा.पा र अन्यको सहयोगमा
    २१.ऋण लिई भाखा नाघेमा सार्वजनिक सुचना तथा कालो सुचिमा राख्ने ।
    २२. पशु सुत्केरी भत्ता यथावत राख्ने
    २३. पशु विमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने
    २४.कृषि उपज पसल संचालन गर्ने पहल गर्ने । १ वटा
    २५ पशुपालन तथा तरकारी खेति मा सहुलिएत कर्जा लगानी गर्ने ९ प्रतिशतमा
    २६. बित्तिय बिश्लेषण गरी ऋण तथा बचतको ब्याजदर निर्धारण गर्ने ।
    २७. दुध डेरि तथा कोल्ड रुम संचालन गर्ने (संघ,बैक , गा.पा र अन्यको सहयोगमा)
    २८. सदस्य सुरक्षा योजनामा सहभागी नभएका सदस्यहरुलाई यस योजनामा सहभागि गराउने ।( रु २,५०० ) जम्मा गराउन लगाउने ।
    २९. गा.पा , बैक .संघ रअन्यको सहयोगमा पशु तथा कृषि सम्बन्धी अनुदानका कार्यक्रमहरु गर्ने
    ३० भा.ना तथा पा.प व्याज लाई शुन्य पार्ने ।
    ३१. जिवन म्यादि विमा संचालन गर्ने
    ३२ तरकारी तथा कृषि जन्य पदार्थ संकलन तथा बिकी्र शुरु गर्ने र ढुवानी साधन खरिदको लागि पहल गर्ने
    ३३. यस संस्थाको कार्य श्रेत्र भित्र रहेका विद्यालयहरुलाई समावेश गरी हाजिरी जवाफ कार्यक्रम संचालन गर्ने । (१ वटा)

    411482565_2310461929344388_1965373765939708912_n.jpg

    सहकारीको साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले गाउँपालिकाले अघिल्ला वर्षहरुम सहकारी संग निरन्तर सहकार्य गरेको र आगामी दिनमा पनि संस्थसंग सहकार्य गर्न आफुहरु तयार रहेको बताउनु भयो ।

    त्यस्तै कार्यक्रममा विशेष अतिथि तथा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजि तिवारीले साना किसान कृषि सहकारीले पालिकाको हरेक वडाका कृषकहरुलाई सेवा दिनुपर्ने बताउँदै सेवा विस्तार तथा सहकारी मार्फत कृषक सम्म कृषि तथा पशु सेवाका कार्यक्रमहरु पुर्याउन आफुहरु सदैब तयार रहेको बताउनु भयो ।

    साना किसान कृषि सहकारी संस्थ लिमिटेड कल्लेरीको साधारण सभामा संस्थाको कार्यक्षेत्रका वार्ड अध्यक्षहरु, छिमेकि साना किसान तथा अन्य सहकारीका अध्यक्ष एवं प्रवन्धकहरु, साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष रंग थपलिया, साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यलय गजुरीका प्रवन्धक विशाल तुलाधर, गल्छी गाउाँपालिका सहकारी शाखाका प्रमुख, सहकारीका साना किसान सदस्यहरु ल्गायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    411470816_2310461472677767_8237963292353237182_n.jpg

    411491568_2310460962677818_797491186661701395_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३०, २०८० शनिवार - २१:०३:०८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology